PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

सभामुखलाई भीम रावलले किन दिए धन्यवाद?



पहिलोपोस्ट

सभामुखलाई भीम रावलले किन दिए धन्यवाद?

काठमाडौं: नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम रावलले सभामुख अग्निप्रसाद सापकोटालाई धन्यवाद दिएका छन् । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) रोकेको भन्दै रावलले सापकोटालाई धन्यवाद दिएका हुन् ।

ओलीले राष्ट्र हितविपरीत एमसीसी पारित गराएर देशलाई बाह्य प्रभावमा पार्न खोजेको आरोप लगाउँदै त्यसलाई रोक्न आफूहरु लागेको बताए। उनले भने, ‘देश हितविपरीत जान्न भनेर सभामुखले भन्नुभएको छ, उहाँलाई धन्यवाद छ।’ देश हितविपरीतका प्रावधान राखिएको र त्यसलाई हटाएमा मात्र एमसीसी संशोधनसहित पारित गर्ने पक्षमा आफूहरु रहेको स्पष्ट पारे।

ओलीले एमसीसी नेपालको कानुनभन्दामाथि र प्रसारण लाइनमा अमेरिकी अधिकार स्थापित गर्ने प्रावधान राखेर पारित गर्न खोजेको आरोप लगाए। उनले भने, ‘नेपालको संविधानभन्दा माथि एमसीसीमा उल्लेखित प्रावधान खतरनाक छ।’

एमसीसीको प्रावधान सच्चिनुपर्ने उनले बताए। उनले भने, ‘कसैको ५ अर्ब वार्षिक रकममा देशको अस्मिता लुट्न दिन मिल्छ?’ सुनको आसनमा बस्न दिएर आमाको अस्मिता लुट्न छुट दिए जस्तै स्वीकार्य नहुने बताए। देशलाई अफगानिस्तान र सिरियाको अवस्थामालाने शैली स्वीकार्य नभएको बताए। एमसीसीमा भएका देशहितविपरीतको प्रावधान नहटाए सम्झौता रद्ध गर्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell