PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

सगरमाथामा पनि पुग्यो कोरोना, नर्वेका एक पर्वतारोहीमा संक्रमण



पहिलोपोस्ट

सगरमाथामा पनि पुग्यो कोरोना, नर्वेका एक पर्वतारोहीमा संक्रमण

काठमाडौं : विश्वको उच्च शिखर सगरमाथामा पनि कोरोना संक्रमण पुगेको छ। सगरमाथा आरोहणमा गएका एक जना आरोहीमा कोरोना देखिएको हो।

एक वर्ष लामो लकडाउनपछि आरोहणको लागि खुला गरिएको केही हप्तामै कोरोना संक्रमण सगरमाथासम्म पुगेको हो। नर्वेका एक पर्वतारोहीमा संक्रमण देखिएपछि उनी आठ दिन अस्पतालमा आइसोलेसनमा बसेका छन्। उनीसँग भरियाको रुपमा गएका शेर्पामा पनि संक्रमण देखिएको छ।

बीबीसीसँग कुराकानी गर्दै ति संक्रमित व्यक्तिले खुम्बुको चिया पसलबाट आफूलाई कोरोना सरेको हुन सक्ने बताएका छन्।

आफूलाई सुरक्षित राख्न हात धुने तथा हरेक समय मास्क लगाउने गरेको भए हुने भन्दै उनले भनेका छन्, ‘ट्रेकमा अधिकांशले मास्क लगाएका हुँदैनन्।’

आरोहण शुरु गरेको ६ दिन पछि उनी बिरामी भएका थिए। उनलाई अप्रिल १५ मा हेलिकोप्टरबाट उद्धार गरिएको थियो। उनलाई काठमाडौंका दुई अस्पतालमा परीक्षण गर्दा तीन पटकसम्म कोरोना पोजिटिभ देखिएको थियो।

बिहीवारको परीक्षणमा नेगेटिभ आएपछि उनको स्वास्थ्यमा सुधार आएको छ। उनी हाल साथीहरुसँगै बसेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell