PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोभिड-१९ ले फिल्म क्षेत्रमा पारेको असरबारे सरकार जानकार छ : परराष्ट्रमन्त्री ज्ञवाली



पहिलोपोस्ट

कोभिड-१९ ले फिल्म क्षेत्रमा पारेको असरबारे सरकार जानकार छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोभिड-१९ ले फिल्म क्षेत्रमा पारेको असरबारे सरकार जानकार रहेको बताएका छन्। जमलस्थित साँस्कृतिक नाच घरमा आयोजित ‘नेपाल-अफ्रिका फिल्म फेस्टिभल २०२१’को नवौँ संस्करणमा ज्ञवालीले फिल्म क्षेत्रले के भोगिरहेको छ भन्ने सरकारलाई थाहा भएको सुनाए।

‘फिल्म निर्माता, कलाकार, हल सञ्चालक, प्राविधिकहरुदेखि यो क्षेत्रसँग जोडिएका सबैले भोगेका कठिनाइका बारेमा सरकारलाई जानकारी छ। त्यसको निम्ति हामीले विभिन्न ढङ्गले प्रयासहरु पनि गरिरहेका छौँ। यो क्षेत्रलाई कसरी रिभाइज गर्न सकिन्छ सोचिरहेका छौँ,’ उनले भने।

साथै, नेपाली फिल्महरुलाई अन्तर्राष्ट्रिय मञ्चमा फेस्टिभलको माध्यमबाट कसरी प्रदर्शित गर्ने र नेपाली कलाकारहरुलाई कसरी फिल्ममार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिन्छ भनेर छलफल गरिने समेत उनले बताए।

यस्ता फिल्म फेस्टिभलले नेपाल र अफ्रिकाबीचमा घनिस्ट साँस्कृतिक अन्तरसम्बन्ध निर्माणको काम गर्ने समेत उनले बताए। आजबाट शुरु भएको फेस्टिभल तीन दिनसम्म चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell