PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

आईपीएल : मुम्बईविरुद्ध पञ्जाबको सहज जित



पहिलोपोस्ट

आईपीएल : मुम्बईविरुद्ध पञ्जाबको सहज जित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रवार भएको खेलमा पञ्जाब किङ्सले मुम्बई इण्डियन्समाथि जित निकालेको छ। चेन्नईको चिदमबरम स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले मुम्बईमाथि ९ विकेटको सानदार जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १७ दशमलब ४ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६३ रन बनाउँदा सूर्यकुमार यादवले ३३ रन बनाए। त्यस्तै, काइरोन पोलार्डले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्। पञ्जाबका लागि मोहाम्मद सामी र रवि विश्नोईले २/२ विकेट लिँदा दीपक हूडा र अर्शदीप सिंहले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबका लागि कप्तान केएल राहुलले अविजित रहँदै सर्वाधिक ६० रन बनाउँदा क्रिश गेलले ४३ रन जोडे। त्यस्तै, मयंक अग्रवाल २५ रनमा आउट भए। मुम्बईका राहुल चहरले एक विकेट लिए।

पाँच खेल खेलेको पञ्जाबको यो दोस्रो जित हो। समान खेल खेलेको मुम्बईले पनि दुई खेलमा मात्रै जित निकाल्न सफल भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell