नयाँ दिल्ली : अक्सिजनको उपलब्धता हुन नसक्दा चिन्तजनक अवस्थामा उपचार गराइरहेका २० जना विरामीको गए राति दिल्लीको जयपुर गोल्डन अस्पतालमा मृत्यु भएको छ।
'अक्सिजनको स्टक सकिँदै गएपछि हामीले धेरै प्रयास गरेका हौं,' जयपुर गोल्डन अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर डीके बालुजाले भने।
उनका अनुसार अस्पतालमा २ सय भन्दा धेरै विरामी थिए। र, उनीहरुसँग अस्पतालमा बिहान १०:४५ बज्दा आधा घन्टाका लागि पुग्ने अक्सिजन थियो। तर घन्टौ लामो प्रतीक्षापछि मध्यरातमा मात्र पुगेर उनीहरुले अक्सिजन पाए।
'कसैले केही प्रतिवद्धता पनि दिएन। सबैले सकेको गर्छु मात्रै भने,' सरकारबाट सहयोग मिल्यो कि मिलेन भनेर प्रश्न गर्दा डाक्टर बालुजाले भने।
उनका अनुसार अस्पतलामा रहेका मध्ये ८० प्रतिशत विरामीलाई अक्सिजन आवश्यक थियो। ३५ जना विरामी त आइसीयूमै थिए।
