PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

त्रिदेशीय सिरिज: कुशल भुर्तेलको अर्धशतक



पहिलोपोस्ट

त्रिदेशीय सिरिज: कुशल भुर्तेलको अर्धशतक
तस्बिर : क्यान

काठमाडौं: त्रिदेशीय सिरिज अन्तर्गत आज जारी फाइनल खेलमा कुशल भुर्तेलले अर्धशतक पुरा गरेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि भुर्तेलले १२.४ ओभरमा अर्धशतक बनाएका हुन्।

जारि सिरिजमा भुर्तेलको यो चौथो अर्धशतक हो। सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका भुर्तेलले दोस्रो खेलमा मलेसियाविरुद्ध अभिजित ६१ रन बनाएका थिए। त्यस्तै नेदरल्याण्ड्ससँगकै अर्को खेलमा ६२ रन बनाएका उनी यसअघिको मलेसिया विरुद्धको खेलमा भने अर्धशतक बनाउन चुकेका थिए। उनले मलेसियाविरुद्ध १६ रन बनाएका थिए।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल ३३ रन बनाएर आउट भएका छन् भने ओपनर आशिफ शेख १६ रन बनाएर आउट भएका थिए। क्रिजमा अहिले कुशल मल्ल र कुशल भुर्तेल छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell