काठमाडौंः कोभिड १९ संक्रमण देखिएका पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन्।
आज दिउँसो पूर्वराजा शाह पूर्वरानी कोमल शाह सहित काठमाडौंको नर्भिक अस्पताल भर्ना भएका हुन्। पूर्वराजा शाहका सहयोगी सागर तिमल्सिनाले आज दिउँसो उनीहरु अस्पताल गएको जानकारी दिए।
'दिउँसो अस्पताल जानु भएको हो। स्वास्थ्यमा खासै समस्या देखिएको होइन। के भएको हो भन्ने कुरा अस्पतालबाट नै बुझ्नुहोला,' तिमल्सिनाले भने।
पूर्वराजा ज्ञानेन्द्र शाह भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको कुम्भ मेलामा सहभागी भएर बैशाख ५ गते स्वदेश फर्किएका थिए।
त्यसपछि कोभिड १९ परीक्षण गर्दा शाह दम्पतीमा कोभिड पोजेटीभ देखिएको थियो।
