PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

टी २० मा नेपाली क्रिकेट टीमको पहिलो सर्वाधिक २ सय ३८ रन



पहिलोपोस्ट

टी २० मा नेपाली क्रिकेट टीमको पहिलो सर्वाधिक २ सय ३८ रन

काठमाडौं: त्रिदेशीय सिरिज अन्तर्गत आज जारी फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई २३९ रनको लक्ष्य दिएको छ। यो नेपाली किक्रेट टीमकै लागि ठुलो सफलता हो। सफलता यस अर्थमा नेपालले टी २० मा अहिलेसम्म यति धेरै स्कोर नै गरेको थिएन। यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलेमा नेपालले भुटान बिरुद्ध २ सय ३६ रन बनाएको थियो। त्यस्तै यही जारी सिरिजमा मलेसियासँग पनि नेपालले २ सय १७ रन बनाएको रेकर्ड छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो। यो सर्वाधिक रन बनाउन दुई कुशलको महत्वपूर्ण योगदान रह्यो। कुशल मल्ल र कुशल भुर्तेल चम्किदा नेपालले नेदरल्याण्डलाई २३९ रनको लक्ष्ण दिएको हो।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतक बनाए। भुर्तेलले ५३ बलमा ७७ रन बनाउँदा मल्लले २४ बलमा ५० रन बनाए।

जारि सिरिजमा भुर्तेलको यो तेस्रो अर्धशतक हो। सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका भुर्तेलले दोस्रो खेलमा मलेसियाविरुद्ध अभिजित ६१ रन बनाएका थिए। त्यस्तै नेदरल्याण्ड्ससँगकै अर्को खेलमा ६२ रन बनाएका उनी यसअघिको मलेसिया विरुद्धको खेलमा भने अर्धशतक बनाउन चुकेका थिए। उनले मलेसियाविरुद्ध १६ रन बनाएका थिए। कुशल मल्लको भने नेपाली सिनियर टोलीबाट टी २० करियरमा पहिलो अर्धशतक हो।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल ३३ रन बनाएर आउट भए भने ओपनर आशिफ शेख १६ रन बनाएर आउट भएका थिए। त्यस्तै दीपेन्द्रसिंह ऐरी १८ बलमा ४८ रन बनाउँदै अभिजित रहे।

नेदरल्याण्ड्सका लागि फिलिपे बोइस्सेभेनले २ विकेट लिँदा सेबस्टिअन् ब्राटले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell