PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

कोभिडको बेवास्ता गर्दै कीर्तिपुर ओर्लिएका दर्शकः कोही रुखको हाँगामा, कोही घरको छतमा

कोभिडको बेवास्ता गर्दै कीर्तिपुर ओर्लिएका दर्शकः कोही रुखको हाँगामा, कोही घरको छतमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं:  नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपालले त्रिदेशीय सिरिज जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्समाथि शानदार जित हासिल गर्‍यो।  

देशमा बढ्दो कोराना संक्रमण रोक्न भन्दै सरकारले २५ जनाभन्दा बढी मानिस भेला नहुन भनेको छ। जसकारण खेल क्षेत्रसमेत अछुतो छैन। त्यसैले क्रिकेट हेर्न मैदानमा दर्शकलाई प्रवेश निषेध गरिएको थियो। तर पनि क्रिकेट प्रेमीहरुलाई भने यी सबै कुराले छोएको देखिएन।

फाइनल खेल हेर्न आज पनि दर्शक कीर्तिपुरस्थित मैदान पुगेका थिए। केवल खेल हेर्न शैलीमात्र फेरिएको थियो।

उनीहरु खेल हेर्न पहिले देखिनै रुखमा चढेर बसेका थिए। साथमा पानीको बोतल र हातमा चाउचाउको प्याकेट समेत थियो। खेलमा नेपालले ब्याटिङ र बलिङमा सफलता पाउँदा दर्शक रमाइलो मान्दै हुटिङ गरिरहेका देखिए।



ट्रेन्डिङ पोस्ट

Ncell