PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

त्रिदेशीय सिरिजको उपाधि नेपाललाई, फाइनलमा नेदरल्याण्ड्स १४२ रनले पराजित



पहिलोपोस्ट

त्रिदेशीय सिरिजको उपाधि नेपाललाई, फाइनलमा नेदरल्याण्ड्स १४२ रनले पराजित
Photo : CAN

काठमाडौँः नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी त्रिदेशीय सिरिजको उपाधि नेपालले जितेको छ। शनिबार कीर्तिपुरमा सम्पन्न फाइनलमा नेपालले नेदरल्याण्ड्समाथि शानदार जीत हासिल गरेको हो। नेदरल्याण्ड्सलाई नेपालले १४२ रनले हरायो।

नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्स १७.२ ओभरमा अलआउट हुँदै ९६ रन मात्र बनायो।

नेपालका लागि करण केसीले ३ विकेट लिए। यस्तै सन्दीप लामिछाने र कमल ऐरीले दुई/दुई विकेट लिए। यस्तै अविनाश बोहराले एक विकेट लिए। नेदरल्याण्ड्सका दुई ब्याट्सम्यान रनआउट भए।

यसअघि विश्वविद्यालय मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा २३८ रन बनाएको थियो। नेपालले टि–ट्वान्टी क्रिकेटमा बनाएको यो अहिलेसम्मकै ठूलो योगफल हो। 

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए। कुशल मल्लले अर्धशतकीय इनिङ खेल्दा दीपेन्द्रसिंह ऐरीले आक्रामक ४८ रनको योगदान दिए। ऐरीले १८ बलमा ५ चौका तथा ३ छक्काको मदतले ४८ रन जोडे।

नेपालको इनिङमा कप्तान ज्ञानेन्द्र मल्लले ३३ तथा ओपनर आसिफ सेखले १६ रन जोडे।

नेदरल्याण्ड्सका लागि फिलिपे बोइस्सेभेनले २ विकेट लिँदा सेबस्टिअन् ब्राटले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell