PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

मकवानपुरगढीको बाख्रा फर्ममा आगो लाग्दा ३२ वटा बाख्रा जले



पहिलोपोस्ट

मकवानपुरगढीको बाख्रा फर्ममा आगो लाग्दा ३२ वटा बाख्रा जले

हेटौँडा : मकवानपुरगढी गाँउपालिका वडा नम्बर १ स्थित पिङडाँडाको एक बाख्रा फर्ममा आगो लाग्दा ३२ वटा बाख्रा जलेका भएका छन्। मकवानपुरगढी गाँउपालिकामा रहेको अमृत बहुउद्देश्य पशु तथा कृषि फर्ममा शुक्रवार राति आगलागी हुँदा खोरमा रहेका ३२ वटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

गए राति करिब साढे ९ बजे एक्कासी बाख्रा फर्ममा आगलागी हुँदा फर्मसँगैको घरमा रहेको नगद ३ लाख ३७ हजार रुपैयाँ बराबरको दुई तोला सुन, ५ तोला चाँदीसहित घरायसी मालसमान जलेर नष्ट भएको फर्मकी सञ्चालक लक्ष्मी घिमिरेको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell