PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

एनएसएल : काठमाडौं रेजर्सको विजयी सुरुवात



पहिलोपोस्ट

एनएसएल : काठमाडौं रेजर्सको विजयी सुरुवात

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा ललितपुर सिटी एफसीलाई १-० गोलअन्तरले हराउँदै काठमाडौं रेजर्सले सुखद सुरुवात गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा काठमाडौंका मेस्सोउके ओलोउमोउले निर्णायक गोल गरे। उनले खेलको ६६ औं मिनेट गरेको गोल नै काठमाडौं रेजर्सका लागि निर्णायक गोल बन्यो।

भोलि एनएसएलमा दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर सिटी र धनगढी एफसी भिड्ने छन् भने दोस्रो खेलमा पोखरा थण्डर्स र वुटवल लुम्बिनी भिड्ने छन्।

प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी फुटबल क्लब, एफसी चितवन, काठमाडौं रेजर्स र ललितपुर सिटी फुटबल क्लब गरी ७ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell