PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कञ्चनपुरकी एक महिलामा मृत्यु पछि कोरोना संक्रमण पुष्टि



पहिलोपोस्ट

कञ्चनपुरकी एक महिलामा मृत्यु पछि कोरोना संक्रमण पुष्टि

कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शुक्रवार मृत्यु भएकी कञ्चनपुरकी एक महिलामा कोरोना पुष्टि भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ४ की ५० वर्षीय महिलाको शुक्रवार राति ९ बजे मृत्यु भएको थियो। मृत्युपछि उनको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी बिहीवार मात्रै सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell