PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

नेपाल सुपर लिगमा आज दुई खेल: विराटनगरलाई धनगढीको चुनौती



पहिलोपोस्ट

नेपाल सुपर लिगमा आज दुई खेल: विराटनगरलाई धनगढीको चुनौती

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) मा आज दुई खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसी दिउँसो साढे २ बजे भिड्ने छन् भने दोस्रो खेलमा पोखरा थण्डर्स र वुटवल लुम्बिनी एफसी साँझ साढे ५ बजे भिड्ने छन्।

नेपालकै पहिलो फ्रेन्चाइज फुटबल एनएसएल शनिवारबाट सुरु भएको हो। शनिवारको खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो।

प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी फुटबल क्लब, एफसी चितवन, काठमाडौं रेजर्स र ललितपुर सिटी फुटबल क्लब गरी ७ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell