PahiloPost

May 15, 2026 | १ जेठ २०८३

ललितपुरमा नक्कली नोटसहित एक किशोर समातिए



पहिलोपोस्ट

ललितपुरमा नक्कली नोटसहित एक किशोर समातिए

काठमाडौंः प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले हुम्ला सर्केगाड गाउँपालिका घर भएका १९ वर्षीय मुनबहादुर रावतलाई नियन्त्रणमा लिएको हो। इमाडोलबाट ग्वार्को तर्फ आउँदै गर्दा प्रहरीले शङ्का लागेर चेक गर्दा रावतको साथबाट ५ थान नक्कली नोट फेला परेको हो।

उनले त्यो नोट कहाँबाट ल्याए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell