PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

कोरोनाबाट कैलालीमा थप एक जनाको मृत्यु



पहिलोपोस्ट

कोरोनाबाट कैलालीमा थप एक जनाको मृत्यु
प्रतीकात्मक तस्विर

कैलालीः कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका ३ का ६२ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो।

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका ती पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

वैशाख ८ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका उनीमा ९ गते कोरोना पुष्टि भएको थियो। उनमा निमोनिया र श्वासप्रस्वासको समस्या पनि देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell