PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

सँगै सिकार खेल्न गएका साथीको गोली हानी हत्या गरेको अभियोगमा दुई जना समातिए



पहिलोपोस्ट

सँगै सिकार खेल्न गएका साथीको गोली हानी हत्या गरेको अभियोगमा दुई जना समातिए

काठमाडौंः सैगै सिकार खेल्न भएको साथीको हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुविन लिम्बु रहेका छन्। मोरङको इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। वैशाख ८ गते बिहान करिब ९ बजे हस्त बहादुर राई, गजेन्द्र राई र रुबिन लिम्बु घरबाट बाँसबारी खोप सरकारी राष्ट्रिय बन जङ्गल तर्फ सिकार खेल्न गएका थिए।

जसमध्ये हस्तबहादुरको दाहिने कुममा गोली प्रहार भई हत्या भएको थियो। प्रहरीले घटनास्थलबाट एक थान भरुवा बन्दुक समेत बरामद गरेको थियो। प्रहरीको अनुसन्धानमा रातको समयमा गजेन्द्रले भरुवा बन्दुकको गली हानेर हत्या गरेको खुलेको छ।

उनीहरू विरुद्ध ज्यान सम्बन्धी कसुर र र हातहतियार खरखजाना कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell