PahiloPost

May 15, 2026 | १ जेठ २०८३

३० औं नम्बरमा पेसीमा चढ्यो सर्वोच्चमा माधव नेपालको रिट, सुनुवाइको पालो आउला?



पहिलोपोस्ट

३० औं नम्बरमा पेसीमा चढ्यो सर्वोच्चमा माधव नेपालको रिट, सुनुवाइको पालो आउला?

काठमाडौंः कारबाही रोक्न मागसहित नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहितले दायर गरेको रिट सर्वोच्चको पेसीमा चढेको छ। न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा रिटको प्रारम्भिक सुनुवाइ तोकिएको छ। सुनुवाइको ३०औँ नम्बरमा नेपालसहितका नेताको रिट छ।

पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐन विपरीत अध्यक्ष ओलीले आफूहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै रिट दर्ता भएको थियो। वैशाख ९ गते रिट सर्वोच्चमा दर्ता भएको थियो।

नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेका तर्फबाट रिट दर्ता भएको थियो। साथै पछिल्लो पटक एमाले महाधिवेशन आयोजक कमिटीको निर्णयबाट स्पष्टीकरण माग गरिएका अन्य २७ सांसदको हकमा पनि कारबाही प्रक्रिया रोक्न सोही रिटमा माग गरिएको छ। तर, २७ जना भने निवेदकका रुपमा छैनन्।

अदालतमा सुनुवाइको प्रारम्भिक पेसी तोकिएकै दिन स्पष्टीकरणबारे थप छलफलका लागि अध्यक्ष ओलीले भने महाधिवेशन आयोजक कमिटी बैठक बोलाएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell