PahiloPost

May 15, 2026 | १ जेठ २०८३

त्रिदेशीय क्रिकेट जित्ने नेपाली टिमलाई प्रधानमन्त्री ओलीको बधाई



पहिलोपोस्ट

त्रिदेशीय क्रिकेट जित्ने नेपाली टिमलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिदेशीय क्रिकेट जित्न सफल नेपाली टिमलाई बधाई दिएका छन्।

नेपाल, मलेसिया र नेदरल्यान्ड्स बिच काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा हिजो नेपालले फराकिलो रन अन्तरले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।

आज बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीले नेपाली टिमलाई बधाई दिएका हुन्। 'नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार बिजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधई,' ओलीले ट्विटमा भनेका छन्। 

हिजो भएको खेलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सले १७.२ ओभरमा अलआउट हुँदै ९६ रन मात्र बनाउन सक्यो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell