PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

बालुवाटारमा बोलाइएको आकस्मिक बैठकको एजेण्डा के? बैठकमा जाने भन्छन् : प्रधानमन्त्रीले जे ल्याउनुहुन्छ त्यही



पहिलोपोस्ट

बालुवाटारमा बोलाइएको आकस्मिक बैठकको एजेण्डा के? बैठकमा जाने भन्छन् : प्रधानमन्त्रीले जे ल्याउनुहुन्छ त्यही

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आकस्मिक बैठक एक घन्टा बितिसक्दा पनि सुरु भएको छैन।

महाधिवेशन आयोजक कमिटीको बैठक अचानक बोलाइएको भए पनि अझै सुरु भइनसकेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। आकस्मिक रुपमा बैठक बोलाइएकोले एजेण्डा सार्वजनिक नगरिएको उनको भनाई छ।

'बैठक सुरु हुन सकेको छैन। अहिले एजेण्डाका बारेमा सार्वजनिक गरिएको छैन। एजेण्डा प्रधानमन्त्रीले के ल्याउनुहुन्छ अब त्यही हुन्छ,' उनले भने।

एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहका २७ सांसदलाई कारवाही गर्ने तयारी भइरहेको ओली निकट स्रोतले जनाएको छ। नेपाल समूहका अधिकांश नेताहरुले स्पष्टीकरण बुझाएका छन्। उनीहरुको स्पष्टिकरण कारवाही योग्य भएको ओली निकट नेताहरुको भनाई छ।

शुक्रवार वालुवाटारमा बसेको आयोजक कमिटीको बैठकले कारवाही गर्ने जिम्मेवारी नवगठित स्थायी कमिटीलाई दिएको थियो। माओवादी र नेपाली कांग्रेसले अविश्वासको तयारी गरिहेको भन्ने चर्चा चलेपछि ओलीले थप कदम चाल्न थालेको बताइएको छ।

माधव कुमार नेपालसँग मेरिट होटलमा लगातार दुई दिन छलफल भए पनि एमाले भित्रको विवाद झनै चुलिँदै गएको छ। नेपाल समूहले भने ओलीले कारवाही गर्ने, पार्टी एक नरहने चेतावनी दिँदै आएका छन्। नेपाल समूहले देशब्यापी रुपमा समानान्तर कमिटी बनाएको छ भने ओलीले गर्नसक्ने कारवाही विरुद्ध अदालतमा निवेदन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell