PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

होम आइसोलेसनमा बसेका कोभिड १९ सङ्क्रमितले गरे आत्महत्या



पहिलोपोस्ट

होम आइसोलेसनमा बसेका कोभिड १९ सङ्क्रमितले गरे आत्महत्या
प्रतिकात्मक तस्बीर

बुटवलः बाँकेमा एक जना कोभिड १९ सङ्क्रमितले आत्महत्या गरेका छन्। कोहलपुर ९ का ६० वर्षीय बम बहादुर खत्रीले शनिवार साँझ पौने ७ बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ।

वैशाख ३ गते नेपालगन्ज मेडिकल कलेजमा पिसिआर परीक्षण गराएका खत्री स्वास्थ्य अवस्था सामान्य भएका कारण होम आइसोलेसनमा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए।

योसँगै कोरोनाबाट बाँकेका ८३ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका सय जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell