PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

हटस्पट वीरगंजमा माध्यामिक परीक्षा : १० हजार बालबालिका संक्रमणको उच्च जोखिममा



राधेश्याम पटेल

हटस्पट वीरगंजमा माध्यामिक परीक्षा : १० हजार बालबालिका संक्रमणको उच्च जोखिममा

वीरगंज : कोरोनाको हटस्पट वीरगंजमा विद्यालयको परीक्षाका कारण करिब १० हजार बालबालिका संक्रमणको जोखिममा परेका छन्। वीरगंज महानगरमा ८९ वटा सरकारी र १४४ वटा निजी विद्यालयहरु रहेका छन्। कुल २३३ विद्यालयमा करिब १९ हजार बालबालिका अध्ययन रहेको वीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखाको तथ्यांक छ। तर वीरगंज महानगरले कक्षा ६, ७, ८, ९ को मात्र परीक्षा गर्न आदेश दिएकोले करिब १० हजारभन्दा बढी बालबालिकाहरुमा संक्रमणको खतरामा देखिएको हो।

सरकारको निर्देशनलाई अटेर गरी वीरगंजका विद्यालयहरुले आजदेखि भौतिक रुपमा विद्यार्थी कक्षा कोठामा उपस्थित गराई परीक्षा लिइरहेको वीरगंज १२ मुर्लीका अभिावक राजकिशो गुप्ताले जानकारी गराए। सरकारले वैशाख ६ गते सूचना प्रकाशित गरी कोरोनाको उच्च जोखिममा रहेका पर्साबारासहित ठूलो शहर र १४ वटा जिल्लालाई अति प्रभावित जिल्ला भएकोले शिक्षण संस्था वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको थियो।

यता, जिल्ला प्रशासन कार्यालय पर्साले पनि वैशाख ७ गते सूचना निकालेर वीरगंज महानगरका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ। तर वीरगंज महानगरपालिकाका विद्यालयहरुले शुल्क असुल्नका लागि बालबालिकाको स्वास्थ्यसँगै खेलवाड गरिरहेको अभिभावकहरुले गुनसो गरेका छन्।

वीरगंजमा पछिल्लो २ सातामा मात्रै ७३३ जना नयाँ संक्रमित थपिएको अवस्थमा परीक्षा लिनु एकदम गलत कुरा भएको अभिभावक संघ पर्साका अध्यक्ष अमर गौत्तमले टिप्पणी गरे। ‘यदि कोही विद्यार्थी संक्रमित भयो, उसको परिवारजन विरामी परे भने विद्यालयले जिम्मा लिन्छ?’ उनले प्रश्न गरे। कोरोनाबाट वीरगंजको नारायण अस्पतालमा मात्रै पर्सा र छिमेकी जिल्ला तथा एक भारतीय गरी १० जनाको मृत्यु भइसकेको अवस्थामा परीक्षा लिनुले खतरा बाएको उनको भनाई छ। दैनिक निस्किने संक्रमितको संख्यामा करिब १० प्रतिशत बालबालिका तथा किशोरकिशोरीहरु रहेका छन्।

वीरगंज रानीघाटका सरोज साहले पनि पैसा असुल्नका निम्ति प्याब्सन र एनप्याब्सनको लहलहैमा वीरगंज महानगरले विद्यालय बन्द नगरी बालबालिकाको स्वास्थ्यसँग खेलवाड गरी परीक्षा लिन लागेको आरोप लगाए।

वीरगंज महानगरका शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत हरि राउतका अनुसार सरकारले पठनपाठन बन्द मात्र गर्न निर्देशन दिएको तर स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमै परिक्षा लिन सकिने भनेकोले आफूहरुले त्यस्तै निर्देशन दिएको बताए। उनले अभिभावकहरुलाई नआतिन आग्रह गरे। उनले कक्षा ५ सम्मको पठनपाठन र परीक्षा दुबै बन्द गरिएको बताए। प्राथमिक तहमा आन्तरिक मूल्याकनबाट नतिजा प्रकाशित गर्न सबै विद्यालयलाई निर्देशन दिइएको उनले स्पष्ट पारे। उनले प्राथमिक तहका निजी विद्यालयले परीक्षा लिएको र शुल्क असुलेको पाइएमा कारबाही गरिने आश्वासन पनि दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell