PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रम ओली र रअ प्रमुख गोयलबिच सम्झौता भएको भनेर समाचार छाप्ने अनलाइनका कार्यकारी सम्पादक तामाङ पक्राउ



पहिलोपोस्ट

प्रम ओली र रअ प्रमुख गोयलबिच सम्झौता भएको भनेर समाचार छाप्ने अनलाइनका कार्यकारी सम्पादक तामाङ पक्राउ

काठमाडौंः उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कार्यकारी सम्पादक अनिश तामाङलाई नियन्त्रणमा लिएको हो। प्रहरीको टोलीले आइतवार अनामनगर कार्यालयबाट नियन्त्रणमा लिएको परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।

' विद्युतिय कारोबार लगायत अन्य मुद्दामा जिल्ला अदालतबाट नै पक्राउ पूर्जी लिएर नियन्त्रणमा लिएका हौं। अब थप अनुसन्धान हुन्छ,' परिसरका प्रमुख सिंहले भने।

प्रहीले उनी बिरद्ध अदालतबाट विद्युतिय कारोबार ऐन र राज्य बिरुद्धक कसुर अभियोगमा पक्राउ पुर्जी लिएको छ।

प्रहरीको टोली तामाङलाई नियन्त्रणमा लिन जाँदा कार्यालयमा कार्यरत अन्य पत्रकारले भने बिरोध गरेका थिए। उक्त अनलाइनले केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तर संस्था रअका प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सम्झौता भएको भन्दै समाचार प्रकाशित गरेको थियो। सम्झौतापत्र समेत राखेको थियो।

ओली र गोयलको हस्ताक्षर राखिएको उक्त पत्रको आधिकारिकतामाथि अनेक प्रश्न उठेका थिए।   

तर पछि समाचारमा भनेको जस्तो पुष्टि र कुनै पनि आधिकारिक सम्झौता भएको नदेखिएको भन्दै समाचार हटाएर माफी समेत मागेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell