
बुटवल : बाँकेमा कोभिड १९ संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का ४१ वर्षीय पुरुष र बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ का ५६ वर्षीय पुरुष तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १३ का ५७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए।
यो संगै कोरोनाबाट बाँकेका ८५ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०३ जनाको मृत्यु भएको छ।