PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

एनएसएल: धनगढीमाथि विराटनगर सिटीको सानदार जित



पहिलोपोस्ट

एनएसएल: धनगढीमाथि विराटनगर सिटीको सानदार जित

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विराटनगर सिटीले धनगढी एफसीमाथि सानदार जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा रञ्जित धिमालको कप्तानीमा उत्रिएको विराटनगर सिटीले ३-० को गोलअन्तरले किरण चेम्जोङको कप्तानीमा उत्रिएको धनगढीमाथि सानदार जित निकालेको हो।

खेलको १५ औं मिनेटमै विक्रम धिमालको गोलमा अग्रता बनाएको विराटनगर पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा एडिलाजा सोमिडेले दोस्रो गोल थपे। उनले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै तेस्रो गोल सन्तोष तामाङले गरे। उनले खेलको ६९ औं मिनेटमा गोल गर्दा विराटनगर सिटीले लिगको पहिलो खेलमै सानदार जित निकालेको हो।

आजै हुने दोस्रो खेलमा पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसी प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell