PahiloPost

May 15, 2026 | १ जेठ २०८३

बुटवलका ९६ जनासहित रुपन्देहीमा थपिए २०४ कोरोना संक्रमित



पहिलोपोस्ट

बुटवलका ९६ जनासहित रुपन्देहीमा थपिए २०४ कोरोना संक्रमित

बुटवल : पछिल्लो २४ घण्टामा रुपन्देहीमा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरुमध्ये ८२ जना महिला र १२२ जना पुरुष रहेका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिकामा मात्रै ९६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सिद्धार्थनगर नगरपालिकामा ३०, तिलोत्तमा नगरपालिकामा ५०, सियारी गाउँपालिका, रोहिणी गाउँपालिका लुम्बिनी साँस्कृतिक नगरपालिका र देवदह नगरपालिकामा १/१ जना, गैडहवा गाउँपालिकामा ४, मायादेवी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा २/२, सैनामैना नगरपालिकामा १०, ओमसतिया गाउँपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

जिल्लामा हाल १ हजार २४६ जना संक्रिय संक्रमितहरु रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell