PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनः वैशाख २४ गते मनोनयन, आयोगले स्वीकृत गर्‍यो कार्यतालिका



पहिलोपोस्ट

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनः वैशाख २४ गते मनोनयन, आयोगले स्वीकृत गर्‍यो कार्यतालिका

काठमाडौं : आगामी जेठ ६ गते बिहीवार हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ। अन्य समूहतर्फ वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको कार्यक्रम आयोगले आइतवार स्वीकृत गरेको हो।

स्वीकृत कार्यक्रम अनुसार बैशाख २१ गते मतदाता नामावली प्रकाशन तथा दावी विरोधको उजुरी दिने कार्यक्रम रहेको छ। त्यस्तै, बैशाख २२ र २३ गते निवेदन तथा उजुरी उपर छानबिन र कारबाही गर्ने, बैशाख २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

यसैगरी, बैशाख २४ गते उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने तथा मनोनयन पत्र दर्ता भएको उम्मेद्वारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ। बैशाख २५ गते उम्मेद्वारको बिरोधमा उजुरी दिने, बैशाख २६ र २७ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिनेछ।

आयोगका अनुसार बैशाख २७ गते उम्मेद्वारको नामावली प्रकाशन गर्ने, बैशाख २८ गते उम्मेद्वारले नाम फिर्ता लिने र बैशाख २९ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन तथा उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell