PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

रोकियो बेङ्ग्लोरको जितको शृङ्खला, चेन्नइ ६९ रनले विजयी



पहिलोपोस्ट

रोकियो बेङ्ग्लोरको जितको शृङ्खला, चेन्नइ ६९ रनले विजयी
तस्बिर: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर चेन्नइ सुपर किंग्ससँग पराजित भएको छ। वानखेडे स्टेडियममा सम्पन्न आजको पहिलो खेलमा चेन्नइले ६९ रनले जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोर फितलो ब्याटिङ गर्दै १२२ रनमा समेटियो।

सुरुवाती ब्याटिङ गरेको चेन्नइका लागि रवीन्द्र जडेजाले सर्वाधिकअभिजित ६२ रन बनाउँदा फाफ डुप्लिसिसले ५० रन बनाए। त्यस्तै रुतुराज गाइक्वडले ३३ रन बनाउँदा शुरेश रैनाले २४ रन बनाए। उता बलिङतर्फ बेङ्ग्लोरका हर्षल पटेलले ३ विकेट र युजवेन्द्र चहलले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरका लागि देवदत्त पार्डिकलको ३४ रन बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन। त्यसबाहेक ग्लेन म्याक्सवेलले २२ रन बनाउँदा केल जेमिसनले १६ रन बनाए।

बेङ्ग्लोरलाई सस्तैमा समेट्न चेन्नइका रवीन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिँदा इमरान ताहिरले २ विकेट लिए। त्यस्तै साम करन र सार्दुल ठाकुरले १/१ विकेट लिए।

जारी सिजन बेङ्ग्लोरको यो पहिलो हार हो। र, यो जितसँगै चेन्नइ बेङ्ग्लोरलाई उछिन्दै शीर्ष स्थानमा पुगेको छ। समान ५ खेलेर ४ खेलमा जित र १ खेलमा पराजय ब्यहोर्दै दुबैटोलीको ८ अंक रहेको छ।

आजै जारी अर्को खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell