PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

एनएसएल: पोखरामाथि बुटवल लुम्बिनीको जित



पहिलोपोस्ट

एनएसएल: पोखरामाथि बुटवल लुम्बिनीको जित

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले पोखरा थण्डर्समाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवल लुम्बिनीले २-० को जित निकाल्दै लिगमा सुखद सुरुवात गरको हो।

खेलको ४३ औं मिनेटमा अर्माण्डको गोलमा अग्रता बनाएको बुटवल पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा भने बुटवलले आत्मघाती गोल उपहार पाएको थियो। पोखराका डिफेण्डर अजित भण्डारीले ६६ औं मिनेटमा आत्मघाती गोल गर्दा वुटवलले २-० को जित निकालेको हो।

आजै सम्पन्न पहिलो खेलमा विराटनगर सिटी एफसीले धनगढी एफसीमाथि ३-० को सहज जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell