काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनै पनि विदेशी नागरिकको कोभिड-१९ परीक्षण नगर्न नेपालका सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ। मन्त्रालयले आइतवार एक सार्वजनिक सूचना जारी गर्दै निर्देशनविपरीत परीक्षण गरेमा कारबाही गर्ने समेत चेतावनी दिएको छ।
नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी तथा उनीहरुका परिवार र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकको परिचय खुल्ने प्रमाणका आधारमा मात्रै कोभिड-१९ को परीक्षण गर्न अनुरोध समेत गरेको छ।
‘यस किसिमले निरुत्साहित गर्दै बन्देज गर्न नसक्दा संक्रमण फैलने जोखिम झनै बढेर गइरहेको देखिएको छ। त्यसैले यस विपरित कुनै पनि प्रयोगशालाहरु वा व्यक्तिहरुले परीक्षण गर्ने गराउने गरेको पाइएमा नियमानुसार कारबाही समेत गरिने व्यहोरा सबैको जानकारीका लागि यो सार्वजनिक सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ।

