PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

व्यायामशाला बन्द गराउनु सरकारको अदुरदर्शी निर्णय : शारीरिक सुगठन तथा फिटनेस संघ



पहिलोपोस्ट

व्यायामशाला बन्द गराउनु सरकारको अदुरदर्शी निर्णय : शारीरिक सुगठन तथा फिटनेस संघ

काठमाडौं : नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले सरकारले व्यायामशाला तथा हेल्थ क्लब बन्द गरेर अदुरदर्शी निर्णय गरेको आरोप लगाएको छ। संघले आज एक विज्ञप्ति जारी गर्दै स्वस्थ रहनका लागि आवश्यक पर्ने व्यायामशालालाई बन्द गर्नु अदुरदर्शी निर्णय भएको जनाएको छ।

‘एकातिर हामी स्वस्थ्य नै धन हो भनेर समाजको परिकल्पना गर्दछौं र दैनिक जसो हामी व्यायामशाला, हेल्थ क्लबमा नियमित व्यायाम गरी आफूलाई स्वस्थ बनाउन अभ्यस्त छौं’, विज्ञप्तिमा भनिएको छ, ‘झन अझ अहिलेको यस कोरोना भाइरसको महामारीमा त हामी कति सचेत हुनुपर्छ भनेर सचेत भइसकेका छौं।’

संघले स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गरिएका व्यायामशाला बन्द गर्नाले व्यवसाय धराशायी हुने जनाएको छ।

‘विसुद्ध स्वास्थ्यमा ध्यान राखी सञ्चालनमा आइरहेको व्यायामशाला, हेल्थ क्लब लगायत यससँग सम्बन्धित व्यवसायलाई बन्द गराउने अदुरदर्शी निर्णय एवं निर्देशनले स्वास्थ्यसँग आवद्ध व्यवसाय फेरि एकचोटी धराशायी हुने अवस्था आएको छ,’ विज्ञप्तिमा भनिएको छ।

संघले सरकारलाई व्यायामशाला बन्द गराउन भन्दा त्यहाँ सरकारको निर्देशिका बमोजिम मापदण्ड पालनाबारे अनुगमन गर्दै व्यवसाय सञ्चालन गर्न दिन अपिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell