PahiloPost

May 15, 2026 | १ जेठ २०८३

बलात्कार मुद्दामा पत्रकार कोइराला दोषी ठहर, कति निर्धारण होला सजाय?



पहिलोपोस्ट

बलात्कार मुद्दामा पत्रकार कोइराला दोषी ठहर, कति निर्धारण होला सजाय?

काठमाडौंः उच्च अदालत पाटनले पत्रकार केदार कोइरालालाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। न्यायाधीशद्वय अच्युत विष्ट र नवराज थपलियाको संयुक्त इजलासले आइतबार कोइरालाउपर कसुर ठहर गरेको हो।

मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार अब कसुर ठहर गर्ने इजलासले नै ३० दिनभित्र सजाय निर्धारण गर्नेछ। यसअघि जिल्ला अदालतले भने कोइरालालाई अभियोगबाट सफाइ दिएको थियो।

घरमा काम गर्ने किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोइराला २०७४ साल जेठमा पक्राउ परेका थिए। जिल्ला अदालतको आदेशमा ०७४ चैतमा रिहा उनी भएका थिए। जिल्ला अदालतले पीडितलाई दश लाख क्षतिपूर्ति भराएको थियो। पीडितलाई क्षतिपूर्ति भराएर अभियुक्तलाई उन्मुक्ति दिएको भन्दै आदेशको आलोचना समेत भएको थियो।

जिल्लाको फैसलाविरुद्ध ०७५ साउनमा उच्च अदालत पाटनमा पुनरावेदन गरिएको थियो। उच्चले जिल्लाको फैसला उल्ट्याउँदै कसुर ठहर गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell