वीरगंज : परवानीपुरमा जारी त्रिशक्ति सिमेन्ट प्रथम गोल्डकपको आइतवार भएको दोस्रो खेलमा वीरगंज युनाइटेड विजयी भएको छ। वीरगंजले जनकपुर युवा क्लब धनुषालाई ट्राईब्रेकरमा ५-४ ले पराजित गरेको हो।
खेल गोलरहित बराबरीमा टुंगिएपछि ट्राईब्रेकरमा धकेलिएको थियो। खेलको म्यान अफ द म्याच वीरगंजका मिडफिल्डर आशिष चौधरी घोषित भएको प्रतियोगिता आयोजक समितिका अध्यक्ष सुबोधकुमार श्रीवास्तवले जानकारी दिए।
सोमवारको खेल बेङ्गखाडी युवा क्लब महोत्तरी र हेटौँडा फुटबल एकेडेमीको बीचमा हुने आयोजकले जनाएको छ। शक्ति युवा क्लब परवानीपुर र परवानीपुर युथ क्लबको आयोजनामा भएको सो प्रतियोगिता बैशाख १८ सम्म चल्ने छ। प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ।
