PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

बाँकेमा सोमवार राति १२ वजेदेखि लागू हुने गरी बैशाख २० गतेसम्म निषेधाज्ञा जारी



पहिलोपोस्ट

बाँकेमा सोमवार राति १२ वजेदेखि लागू हुने गरी बैशाख २० गतेसम्म निषेधाज्ञा जारी

काठमाडौं : जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार राति १२ वजेदेखि बैशाख २० गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। जस अनुसार अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारी साधन बाहेक बैंक तथा वित्तीय संस्थासहित अन्य सबै प्रकारका सेवा सञ्चालनमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।

यसैगरी, सवारी साधन, पसल व्यवसाय, हाटबजार सञ्चालन र अत्यावश्यक काम बाहेक हिँडडुलमा समेत निषेध गरिएको उनले बताए। सो अवधिमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाध तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएम जस्ता अत्यावश्यक सेवाहरू एवं सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षाहरू र हवाई सेवा सञ्चालन गर्न सकिने उनले बताए।

त्यस्तै, एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी र निलो (कुटनीतिक) प्लेटका सवारी साधनहरू, लामो दुरीका सवारी तथा मालवाहक साधनहरू, निर्माण सामग्री दुवानीका साधनहरू, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरू, अनुमति (पास) प्राप्त सवारी साधनहरू सञ्चालनमा रोक नलगाइने उनको भनाइ छ।

त्यस्ता सेवा एवं कार्यमा संलग्न कर्मचारी/व्यक्तिहरूले अनिवार्य रूपमा कर्मचारी परिचय पत्र एवं अन्य सान्दर्भिक कागजात साथमा राखेको हुनुपर्ने तथा मास्क, भौतिक दुरी लगायत जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्नुपर्ने बताइएको छ। त्यसका साथै दैनिक उपभोग्य वस्तु (तरकारी, खाध, दुध, ग्यास)का पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने प्रजिअ गेलालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell