PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

सीसीएमसीको निर्णयः सबै प्रकारका परीक्षा स्थगित, विद्यालयको पठन-पाठन भर्चुअल माध्यमबाट



पहिलोपोस्ट

सीसीएमसीको निर्णयः सबै प्रकारका परीक्षा स्थगित, विद्यालयको पठन-पाठन भर्चुअल माध्यमबाट
फाइल फोटो

काठमाडौंः कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सबै प्रकारका परीक्षाहरु बन्द गर्ने निर्णय गरेको छ। भौतिक रुपमा हुँदै आएका सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय सीसीएमसीले गरेको हो। आइतबार बसेको बैठकले परीक्षा स्थगितको निर्णय गरेको हो। 

यस्तै, बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थित नभइ भर्चुअल रुपमा पठन–पाठन गर्न/गराउन पनि निर्देशन दिएको छ। वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न पनि सीसीएमसीले निर्देशन दिएको हो।

तर, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष शिवलाल भुसालले भने सीसीएमसीले सिफारिस गर्दैमा परीक्षा नरोकिने बताए। भने, ‘भोलिको परीक्षा हुन्छ। मन्त्रिपरिषद्‍को निर्णय आएपछि अर्को सूचना आउँछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell