PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

छतबाट खसेर कपिलवस्तुमा १८ महिने शिशुको मृत्यु



पहिलोपोस्ट

छतबाट खसेर कपिलवस्तुमा १८ महिने शिशुको मृत्यु

बुटवल : कपिलवस्तुमा घरको छतबाट खसेर १८ महिने शिशुको मृत्यु भएको छ।

जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटा सहजटोल बस्ने बसन्त विकका १८ महिने शिशु अभिषेकको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए।

बिहान ६ बजे छतबाट खसेको र बुटवलको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भण्डारीले बताए। शवलाई पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell