PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

आईपीएल : सुपर ओभरमा हैदरावादविरुद्ध दिल्लीको जित



पहिलोपोस्ट

आईपीएल : सुपर ओभरमा हैदरावादविरुद्ध दिल्लीको जित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतवार भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादमाथि जित निकालेको छ। चेन्नईको चिदमबरम स्टेडियममा सम्पन्न खेलमा दिल्लीले हैदरावादमाथि सुपर ओभरमा जित निकालेको हो।

टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

दिल्लीका लागि पृथ्वी शले सर्वाधिक ५३ रन बनाउँदा रिशब पन्तले ३७ रन बनाए। त्यस्तै, स्टिभ स्मिथले ३४ र शिखर धवनले २८ रन जोडे। हैदरावादका लागि सिद्धार्थ कौलले २ विकेट लिँदा रासिद खानले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदरावादका लागि केन विलियमसनले अविजित रहँदै सर्वाधिक ६६ रन बनाउँदा जोनी बेयरस्टोले ३८ रन जोडे। त्यस्तै, जगदीश सुचिथले १४ रन बनाए। दिल्लीका अभेश खानले ३ विकेट लिँदा अक्षर पटेलले २ तथा अमित मिश्राले एक विकेट लिए।

सुपर ओभरमा हैदरावादले विकेट नगुमाई ७ रन बनायो। जसमा केन विलियमसनले ४ तथा डेभिड वार्नरले २ रन जोडे।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले बिना विकेट क्षति लक्ष्य पूरा गर्‍यो। दिल्लीका लागि रिशब पन्तले ५ रन जोडे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell