PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

टोटेनहमलाई हराउँदै कारबाओ कपको उपाधि सिटीलाई



पहिलोपोस्ट

टोटेनहमलाई हराउँदै कारबाओ कपको उपाधि सिटीलाई

म्यानचेस्टर सिटीले टोटेनहम हट्सपरलाई हराउँदै कारबाओ कपको उपाधि जितेको छ। प्रिमियर लिगकोसमेत शीर्षस्थानमा रहेको सिटीले गएरातिको फाइनल खेलमा टोटेनहममाथि १-० को संघर्षपूर्ण जित निकाल्दै कारबाओ कपको उपाधि जितको हो।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा एमरिक लापोर्टेले सिटीको जितका लागि निर्णायक गोल गरेका थिए। उनले खेलको ८२ औं मिनेटमा केभिन डी ब्रुइनको पासमा गोल गरेका थिए।

यो सँगै सिटीले लगातार चौथो पटक कारबाओ कपको उपाधि उचालेको हो। फाइनल खेल ८ हजार दर्शकहरुको बीच वेम्बले स्टेडियममा खेलाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell