PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

कोरोनाविरुद्धको खोप लगाउन लाइन बस्ने काइदा, चर्को घाम छल्दै पालोमा नागरिकतादेखि आइडीकार्ड

कोरोनाविरुद्धको खोप लगाउन लाइन बस्ने काइदा, चर्को घाम छल्दै पालोमा नागरिकतादेखि आइडीकार्ड

प्रकाश भण्डारी/पहिलोपोस्ट


कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान अस्पतालामा यतिबेला कोभिड-१९ विरुद्धको खोप लगाउन लामो लाइन लागेको छ। चिनियाँ सरकारको अनुदानमा आएको भेरोसेल खोप लगाउन सर्वसाधारण लाइनमा लागेका हुन्। आइतवार दोस्रो डोज खोप लगाउने कार्यक्रम सकिएसँगै पुन पहिलो डोज खोप कार्यक्रम शुरु भएको हो।

खोप लगाउन १० बजे शुरु हुने भए पनि सर्वसाधारण बिहानैबाट लाइनमा उभिएका छन्। उनीहरु बिहान ६ बजेदेखि लामबद्ध छन्। चर्को घामका कारण लाइनलाई व्यवस्थित बनाउन आफ्नो पालोमा कसैले नागरिकता राखेका छन् त कसैले परिचयपत्र। त्यसैगरी ती परिचयपत्रमा नम्बरिङसमेत गरेर उनीहरुले लाइनलाई व्यवस्थित बनाएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell