PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

मास्क नलगाइ हिँड्नेहरूलाई नियन्त्रणमा लिएर प्रहरीले सय रुपैयाँ तिरायो



पहिलोपोस्ट

मास्क नलगाइ हिँड्नेहरूलाई नियन्त्रणमा लिएर प्रहरीले सय रुपैयाँ तिरायो

काठमाडौं : आइतबारबाट मकवानपुरमा चल्ने सवारी साधनमा जोरबिजोर प्रणालीमा लागू भएको छ। मकवानपुरमा कोरोना संक्रमितको दर बढ्दै गएकोले जिल्लाभित्र चल्ने सवारीमा जोर बिजोर प्रणाली लागू गरेको थियो। तर पनि चालकहरूले प्रणाली उल्लङ्घन गर्दै सावरी चलाएको पाइएको छ।

सोमबार बिहान मात्र प्रहरीले सवारी साधननलाई नियन्त्रणमा लिएको छ। हेटौँडा बजार क्षेत्रबाट ५५ वटा मोटरसाइकल, ७ वटा अटो, ५ वटा म्याजिक र एउटा मयुर सवारी नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए।

त्यस्तै प्रहरीले मास्क नलगाइ हिँड्ने मानिसलाई समेत कारबाही गरेको छ। प्रहरीले २३ जनालाई एक सय रुपैयाँ जरिवाना समेत तिराएको जानकारी दिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा बसेको कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले बजारभित्र सवारी साधनको उच्च चाप बढ्दै गएकोले (आइतबार) १२ गतेबाट निजी सवारी साधन, अटो, ईरिक्सा, मयुरी,म्याजिक र टेम्पोलाई जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको थियो। सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई सङ्क्रमण रोग ऐन, २०३० बमोजिम कारबाही गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell