PahiloPost

May 15, 2026 | १ जेठ २०८३

एनएसएल: ललितपुर सिटीलाई एफसी चितवनको चुनौती



पहिलोपोस्ट

एनएसएल: ललितपुर सिटीलाई एफसी चितवनको चुनौती
एनएसएलको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै काठमाडौं रेजर्स र ललितपुर सिटीका खेलाडी। फाइल फोटो: ललितपुर सिटी एफसी

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज हुने खेलमा ललितपुर सिटी एफसी र एफसी चितवन भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

अञ्जन बिस्टको कप्तानीमा रहेको ललितपुर सिटीले उद्घाटन खेलमा काठ्माडौं रेजर्ससँग पराजय ब्यहोरेको थियो भने भरत खवासको कप्तानीमा रहेको चितवन लिगमा आफ्नो पहिलो खेलका लागि आज उत्रँदै छ।

प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी फुटबल क्लब, एफसी चितवन, काठमाडौं रेजर्स र ललितपुर सिटी फुटबल क्लब गरी ७ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell