PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

खोप लगाउन लाइन बस्दाबस्दै कुटपिट : सिनामंगलबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लियो



पहिलोपोस्ट

खोप लगाउन लाइन बस्दाबस्दै कुटपिट : सिनामंगलबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लियो

काठमाडौं : कोभिड १९ संक्रमणविरुद्धको खोप लगाउने क्रममा झगडा हुँदा एक जना घाइते भएका छन्।

आज बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा खोप लगाउने क्रममा झगडा हुँदा एक जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घाइते बनाएको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका मानिसलाई महानगरीय प्रहरी वृत्त गौशाला लगिएको छ।

'खोप लगाउने क्रममा झगडा भएको रहेछ। पीडित पक्षले शरीरमा चोट लागेको भन्दै जानकारी दिएपछि नियन्त्रणमा लिएका हौं,' महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी जितेन्द्र बस्नेतले भने।

सरकारले अहिले काठमाडौंका विभिन्न अस्पतालहरुमा कोभिड १९ संक्रमण बिरुद्धको खोप लगाइरहेको छ। संक्रमण फैलिने दर बढ्दै जाँदा खोप लगाउने मानिसको सङ्ख्या पनि बढेर गएको छ। अहिले एउटा खोप केन्द्रमा १ हजारदेखि २५ सयसम्म मानिस लाइनमा बसेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell