PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

पोखरा विश्वविद्यालयलद्वारा सबै परीक्षा स्थगित गर्ने निर्णय, टीयूको भने यथावत्



पहिलोपोस्ट

पोखरा विश्वविद्यालयलद्वारा सबै परीक्षा स्थगित गर्ने निर्णय, टीयूको भने यथावत्

काठमाडौं: पोखरा विश्वविद्यालले जारी परीक्षा र मिति तोकिएका परीक्षाहरु अर्को सूचना जारी नहुन्जेलका लागि भन्दै स्थगित गरेको छ। विश्वविद्यालय परीक्षा समितिको बैठकले कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)ले पनि परीक्षा स्थगित गर्न सिफारिस गरेको सन्दर्भमा परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

त्रिभुवन विश्वविद्यालमा भने आज पनि परीक्षा जारी छ। त्रिभुवन विश्वविद्यालले भने मन्त्रिपरिषद्कै निर्णय कुरेर बसेको छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सबै प्रकारका परीक्षाहरु बन्द गर्ने निर्णय गरेको छ। भौतिक रुपमा हुँदै आएका सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय सीसीएमसीको आइतबार बसेको बैठकले गरेको हो।

यस्तै, बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थित नभइ भर्चुअल रुपमा पठन–पाठन गर्न/गराउन पनि निर्देशन दिएको छ। वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न पनि सीसीएमसीले निर्देशन दिएको थियो। 

सीसीएमसीको सिफारिसलाई अन्तिम रुप दिएर निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बस्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell