PahiloPost

May 15, 2026 | १ जेठ २०८३

काठमाडौंमा थप कडाई : मास्क नलगाई घरबाट ननिस्किनु, नत्र प्रहरीको होल्डिङ एरियामा बस्नुपर्ला!



पहिलोपोस्ट

काठमाडौंमा थप कडाई : मास्क नलगाई घरबाट ननिस्किनु, नत्र प्रहरीको होल्डिङ एरियामा बस्नुपर्ला!

काठमाडौं : काठमाडौंमा मास्क नलगाई हिँड्नेलाई प्रहरीले कारबाही गर्न थालेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आज बिहान मास्क नलगाई हिँड्नेलाई केही समय नियन्त्रणमा लिएर छाडेको छ। काठमाडौंका विभिन्न स्थानमा बनाइएको होल्डिङ एरियामा उनीहरुलाई केही समय राखेर छोडेको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए।

आज बिहानसम्म प्रहरीले १ हजार ३ सय २५ जनालाई केही समय होल्ड गरेर सम्झाई बुझाई छोडेको हो। ३ सय २२ जना महिला र १ हजार ३ जना पुरुष कारबाहीमा परेका छन्। देशभर संक्रमण बढेको भन्दै स्थानीय प्रशासनले जिल्लामा थप कडा गरेको छ। त्यस्तै, काठमाडौं उपत्यकाभित्र तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell