PahiloPost

May 15, 2026 | १ जेठ २०८३

विद्यालय खोलेको भन्दै समातिए विद्यालयका संचालक



पहिलोपोस्ट

विद्यालय खोलेको भन्दै समातिए विद्यालयका संचालक

काठमाडौं : कोरोना संक्रमण फैलिएपछि सरकारले देशभरकै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।

तर, सरकारको निर्णय अवज्ञा गरेर विद्यालय संचालन गरेको भन्दै प्रहरीले विद्यालयका संचालकलाई पक्राउ गरेको छ। सप्तरीको राजविराज सदरमुकाममा केही विद्यालय संचालन गरी पठनपाठन गराउदै गरेको भेटिएपछि प्रमुख जिल्ला अधिकारी, राजविराज नगर प्रमुख, जिल्ला प्रहरी  कार्यालय सप्तरीका प्रमुख समेतको टोलीले अनुगमन गरेको थियो। सरकारी निर्णयको अवज्ञा गरेको ठहर्‍याउँदै उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले लक्ष्मी इङ्लिस बोडिङ स्कुलका संचालक राजेश कुमार यादव, वैधनाथ कुमार झा, ह्यापी ल्याण्ड मा.वि.का संचालक शैलेन्द्र कुमार ठाकुर लगायत ११ जनलाई पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell