PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

कैलाली-कञ्चनपुरमा आजबाट राति लकडाउन, भोलिबाट सार्वजनिक सवारीमा जोरबिजोर



पहिलोपोस्ट

कैलाली-कञ्चनपुरमा आजबाट राति लकडाउन, भोलिबाट सार्वजनिक सवारीमा जोरबिजोर

कैलाली : कैलाली र कञ्चनपुरमा आजबाट लागू हुने गरी राति लकडाउन हुने भएको छ। धनगढीमा आज बसेको अन्तर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समितिको बैठकबाट राति ८ बजेदेखि बिहान ५ बजेसम्म लकडाउन गर्ने निर्णय गरिएको हो। साथै भोलिबाट सार्वजनिक सवारीमा जोरबिजोर लागू हुने भएको छ।

‘दुवै जिल्लामा महामारीको गति बढ्दो गतिमा रहेकाले तत्काल सफ्ट खालको निर्णय गरेका छौँ’। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने, ‘यो निर्णयलाई पूर्ण परिपालना नगरेर फेरी महामारी बढ्दै गएमा केही दिनमै फेरी पूर्ण लकडाउनमा जानुपर्ने अवस्था आउन सक्छ।’

साथै दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीहरूले आज गौरिफन्टा नाकाको अनुगमन गरी औषधि उपचार तथा अत्यावश्यक बाहेक अरू कामका लागि भारत जाने क्रमलाई पूर्ण रूपमा रोक लगाउने पनि निर्णय गरेका छन्।

कैलाली र कञ्चनपुरसहित पछिल्लो समय सुदूरपश्चिममा कोरोनाको संक्रमण दर दिन प्रतिदिन बढ्दै गएको छ। कैलालीमा मात्रै सक्रिय संक्रमितको संख्या तीन सय नाघेको छ।

हालसम्म जिल्लामा ३ सय १९ सक्रिय संक्रमित रहेको र प्रदेशभरि सक्रिय संक्रमितको संख्या ६ सय १२ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। आइतवार एकै दिन पीसीआर र एन्टिजेन परीक्षणबाट एक सय ६१ जनामा संक्रमण पुष्टि भएको थियो। निर्देशनालयको तथ्यांकअनुसार कैलालीपछि धेरै सक्रिय संक्रमित संख्या १ सय ७६ कञ्चनपुरमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell