PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कञ्चनपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु



पहिलोपोस्ट

कञ्चनपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

कैलालीः कञ्‍चनपुरमा सोमबार थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। भीमदत्त नगरपालिका -४ का ६० वर्षीय पुरूषको कोभिडका कारण मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या आएपछि शनिबार महाकाली अस्पतालमा भर्ना भएका ती पुरुषमा संक्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका-१ का ४८ वर्षीय पुरुषको धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार वैशाख ३ गते कोरोना पुष्टि भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell