PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

जानकी मेडिकल कलेजमा रहेको २०० शय्याको अस्पताल बन्ने भयो कोभिड विशेष अस्पताल



पहिलोपोस्ट

जानकी मेडिकल कलेजमा रहेको २०० शय्याको अस्पताल बन्ने भयो कोभिड विशेष अस्पताल

जनकपुरधाम : धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा रहेको २०० शय्याको अस्पताललाई तत्काल कोभिड विशेष अस्पतालको रुपमा सञ्चालनमा ल्याइने भएको छ।

कोभिड १९ को नयाँ भेरियन्टसहित बढ्दो संक्रमणको अवस्थाको बारेमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला भित्रका सरकारी, अर्धसरकारी, निजी तथा समुदायिक अस्पताल र मेडिकल कलेजका प्रतिनिधिहरुसँग भएको छलफलमा जानकी मेडिकल कलेजमा रहेको २ सय शय्याको अस्पताललाई तत्काल कोभिड विशेष अस्पतालको रुपमा सञ्चालनमा ल्याउने निर्णय भएको हो।

यस्तै, उक्त छलफलमा अस्पतालमा थप सेवा सुविधाको लागि प्रादेशिक अस्पताल, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। उक्त छलफलमा महामारी थप ब्यापक भई कलेजको अस्पतालले नपुग्ने अवस्था आएमा निजी अस्पताल संघ धनुषाको पहलमा कुनै पनि निजी अस्पताललाई थप कोभिड डेडिकेटेड अस्पताल बनाउन सकिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell