PahiloPost

May 15, 2026 | १ जेठ २०८३

निफमा नेपालबाट तुलसी घिमिरे र छिरिङ रितार शेर्पा निर्णायक



पहिलोपोस्ट

निफमा नेपालबाट तुलसी घिमिरे र छिरिङ रितार शेर्पा निर्णायक

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)ले निर्णायकहरू सार्वजनिक गरेको छ। निफले सार्वजनिक गरेका निर्णायकहरुमा नेपालबाट दुई जना परेका छन्।

निफले विदेशीसहित चार जना जुरीको नाम सार्वजनिक गरेको हो। जसमा नेपालबाट निर्देशक तुलसी घिमिरे र छिरिङ रितार शेर्पा परेका छन्।

घिमिरेले वर्ल्ड पानारोमा र नेसनल फिचर्स अन्तर्गतका फिल्म हेरेर निर्णय दिनेछन्। त्यसैगरि, शेर्पाले फिल्म सोसाइटीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिज’को तर्फबाट प्रदान गरिने डन क्विजोट अवार्डको निर्णायकको जिम्मेवारी सम्हाल्नेछन्।

सोही विधामा निर्णायक इटलीकी लाउरा मानकुसो प्रिजटानो र भारतकी मधुरिमा बरुवा सेन पनि जज रहेकी छिन्।

कोभिड-१९ ले परिस्थिति जटिल बन्दै गएको र नेपाल सरकारले काठमाडौं उपत्यकाभित्र बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने भएकाले निफका कार्यक्रमहरु अब अनलाइनबाट हुने भएका छन्।

चौँथो संस्करणमा आयोजना हुन गइरहेको फेस्टिभल बैशाख २३ देखि २७ सम्म चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell