वीरगंज : वीरगंजमा सोमवार एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। वीरगंज-८ निवासी ३८ वर्षीया संक्रमित महिलाको नारायणी वयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले जानकारी दिए।
बैशाख १० गते पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएकी सो महिलालाई सोमवार १२:१५ वजे अस्पताल भर्ना गरिएको थियो। उनको सोमवार नै साँझ ५:४६ मृत्यु भएको श्रीवास्तवले बताए।